संस्कृतिविद् सत्यमोहन जोशी बिरामी,क्याबिन डिलक्समा राखेर उपचार गरियो

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशी बिरामी हुनुभएको छ ।  १०२ वर्षको उमेरमा  छातीमा समस्या देखिएपछि जोशीलाई बुधबार अस्पताल लगिएको हो। उहाँकाे ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो।

जोशिको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ। जोशीलाई निमोनिया देखिएको छ।

क्याबिन डिलक्समा राखेर जोशिको उपचार गरिएको छ।’