सुर्खेतमा अस्पतालबाट घर फर्किदै गरेका दुईजना चिकित्सकमाथि हातपात

सांकेतिक तस्वीरः गुगल

सुर्खेत – सुर्खेतमा दुईजना चिकित्सकमाथि आक्रमण भएको छ । बिहिबार अस्पतालबाट निवास फर्किने क्रममा साढे ६ बजे ३ युवाहरुको समूहले उनीहरु चढेको मोटरसाइकल रोकेर हातपात गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार अस्पतालबाट निवासतिर फर्किने क्रममा चिकित्सक डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि हातपात भएको हो ।

डा. रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख हुन् भने डा. उपाध्याय त्यही कार्यरत चिकित्सक हुन् । चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *