खरानी समुहले आज पनि फ्लोर क्रस गरे :गोकुल बाँस्कोटा

काठमाडौं – नेकपा एमाले ओलि पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल समूहलाई खरानी समूहको संज्ञा दिनुभएको छ।

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदा नेपाल समूहका १७ जना सांसदले फ्लोर क्रस गरेपछि बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत लेख्दै भन्नुभएको छ –‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना!!