पद्धति मिच्नेहरूले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको शिक्षा लिने कि:नेता रावल

काठमाडौं – नेकपा एमाले माधब झलनाथ पक्षका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ बधाई दिनुभएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिदै रावलले सुदुरपश्चिम सरकारबाट विधि पद्दति नमान्नेहरुलाई शिक्षा लिन सुझाव दिनुभएको छ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भन्नुभएको छ सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकामा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ‘