सुर्खेत । कर्णाली प्रदेशसभाको आठौँ (वर्षे)अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अधिवेशन यहि जेष्ठ २४ का लागि आव्हान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहीँ जेष्ठ २४ गते दिउँसो २ बजेदेखि अधिवेशन सुरु हुनेछ । हिजो (बिहीबार) बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेको थियो ।
भने प्रतिपक्षी दल नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ।