स्वास्थ्य संयोजकमाथि शिक्षकले हातपात गरे

 

हुम्ला – हुम्लामा एक जना शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन्।

कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन्।

दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको उनले बताएका छन ।
संक्रमित महिला होम आइसोलेशनमा बसेको र दैनिक बिरामी भेट्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

बुढालाई देख्ने बित्तिकै उनीमाथि हातपात भएको स्वास्थ्यकर्मी सरिता बोहराले बताइन्। घटनाका बारेमा सत्य तत्थ्य बुझ्न प्रहरीलाई पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन ।