काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २२ करोड १० लाख ४३ हजार ६९३ जनाले खोप लगाएका छन् ।
बुधबारसम्म २१ करोड ८५ लाख ४६ हजार ६६७ जनाले खोप लगाएका थिए । बुधबार मात्रै एकै दिन २५ लाख २९ जनाले खोप लगाएका थिए । बिहीबार २४ लाख ९७ हजार २६ जनालाई खोप लगाइएको थियो ।
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको छ । बुधबार २ लाख ११ हजार ७५० जनालाई निको भएको थियो । मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो ।
अहिलेसम्म भारतमा २ करोड ६५ लाख ८८ हजार ८०८ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । बिहीबार १ लाख ३१ हजार २८० जना संक्रमित थपिएका छन् । बुधबार १ लाख ३३ हजार ९५३ जना संक्रमित थपिएका थिए ।
मंगलबार १ लाख ३३ हजार ४८ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८५ लाख ७२ हजार ३५९ जना संक्रमित पुगेका छन् ।
बिहीबार २ हजार ७०५ जनाको ज्यान गएको छ । बुधबार २ हजार ८९७ जनाको ज्यान गएको थियो । मंगलबार ३ हजार २०४ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको थियो ।
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । योसँगै भारतमा अहिलेसम्म ३ लाख ४० हजार ७१९ जनाको ज्यान गइसकेको छ । सक्रिय संक्रमित घटेर १६ लाखमा झरेका छन् । हाल १६ लाख ३१ हजार ४२७ जना सक्रिय संक्रमित रहेका छन् ।