क्वारेन्टाइनमै एक युवकले गरे आत्महत्या

बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बान्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा-४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् । क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।


करिव दस दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको आइतबार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षणका लागि थियाे । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ । साेमाेबार साभ सम्म रिपोर्ट  नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।