सुर्खेत – मानवअधिकार तथा शान्ति समाज शाखा सुर्खेतले वीरन्द्रनगर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तातन्तरण गरेको छ ।
आफ्नो २६ औं स्थापना दिवसका अवसरमा वीरन्द्रनगर नगरपालिकाले संचालनमा ल्याएको कोभिड आईसोलेसन र हस्पिटल मा काम गर्ने स्वास्थ्यकर्मी हरुले कोरोना संक्रमितको उपचारका क्रममा प्रयोग गर्ने अती आवस्यक स्वास्थ्य सामाग्री हरु नगर प्रमुख देव कुमार सुवेदी लाई हस्तातन्तरण गरेको हो ।
कोभिड आईसोलेसन र हस्पिटल मा काम गर्ने स्वास्थ्यकर्मी हरुको हातको सुरक्षा सम्मान र मनोबल उच्च बनाउन स्वास्थ्य सामाग्री हस्तान्तरण गरको मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाका सभापति प्रकाश साहिले जानकारि दिनुभयो ।