काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चारजना पूर्वप्रधानन्यायाधीशमाथि खनिएका छन् ।
सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्वप्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको बताएका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केहीदिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।
“उहाँहरू त्यही चाहिरहनुभएको छ । हामीले लेखेर दिएको फैसला पढिसुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ । यसप्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ रु कुन हैसियतमा पुर्याउँदै हुनुहुन्छ रु बडो गम्भीर विषय छ । पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने १ अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा रु यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ रु” प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
उनले यस प्रकारका ‘आउटडेटेड एलिमेन्ट’हरूबाट देशलाई दुस्प्रभावित हुन नदिइने बताए । र, जोगाइने पनि उद्घोष गरे ।
उनले अरू पनि यस्ता तत्त्व देखिएको बताए । “कसैलाई पूर्ण बजेट ल्याउनुहुँदैन, कसैलाई बजेट ल्याउनुहुँदैन, कसैले विकास बजेट ल्याउनुहुँदैन, विकासका कामलाई एकवर्ष ठप्प राख्नुपर्छ, जनताहरूलाई सेवा गर्न हुँदैन । सरकार, राज्यको काम जनताको सेवा गर्ने होइन, हो भने पनि यतिबेला स्थगित राख्नुपर्छ, महामारीको यस्तोबेला छ, जनतालाई उपचार गर्नुपर्छ,” उनको भनाइ थियो । – बाह्रखरी