राष्ट्रियसभाको उप–निर्वाचन अन्तर्गत मतदान सुरु, मुख्यमन्त्रीले गरे सुरुवात

रुपन्देही – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् ।

पहिलो मतदान उनले नै गरेका थिए । ​दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।