दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

काठमाडौं – कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले प्रेरित गर्दछ ।
आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न गीत तयार पारेको खड्काले बताए ।
गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा विशाल आत्रेय, सरिता पन्थी, शिव बि।क। र सिमा थापाले स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । भिडियोमा बिभिन्न समयका भिडियो फुटेज प्रयोग गरिएको छ । २०७२ को भूकम्प समयमा पनि खड्काले यस्तै उत्साह जगाउने २ वटा गीत ल्याएका थिए ।