एकैदिन निको भए ९८४१ संक्रमित, ६९५१ जनामा कोभिड–१९ पुष्टि

 काठमाडौँ– देशभर थप ६ हजार ९ सय ५१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२ जनाको पिसिआर र एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ। हाल निको हुने दर ७८.१ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।