सुर्खेत-सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरुलाइ नियुक्त गरेको छ ।
स्थायी दरबन्दीका ४४ स्वास्थ्यकर्मीलाई बाइपास गर्दै करारमा स्वास्थ्यकर्मीहरुलाइ नियुक्त गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत २६ गते मन्त्री स्तर र चैत ३१ गतेको सचिव स्तरको निर्णय अनुसार समायोजन मिलान गरि ४७ जना स्वास्थ्यकर्मीलाई सुर्खेत पठाएको थियो ।
मन्त्रालयले समायोजन मिलान गरि पठाएका ४७ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकी ४४ जनालाइ लाई कुनैपनि जिम्मेवारी दिएको छैन ।
नगरपालिकाको यो कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापाले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीहरुको अधिकारको सम्मान गर्दै कामकाजमा खटाउन नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
विज्ञप्ति मा भनीएको छ ‘अहिलेको महामारीमा स्वास्थ्यकर्मीहरुलाइ कामकाज गर्न बाट बन्चित गराएको बिषय प्रत्यक्षरूपमा जनताको स्वास्थ्य सेवा पाउने हक संग जोडिएको र जनस्वास्थ्य माथी खेलवाड गरिएकोले तुरुन्त जिम्मेवार दिई स्वास्थ्यकर्मीहरुलाइ कामकाजमा खटाउने ब्यबस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त बिरेन्द्रनगर नगरपालिका सुर्खेत संग नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत जोड्दार माग गर्दछ’।
स्वास्थ्य मन्त्रालयले लिखित रुपमा पटक पटक हाजिर गराई नियमीत कामकाजमा खटाउन निर्देशन दिएको र स्वास्थ्यकर्मीहरुले वैशाख २२ गते नियमित हाजिर गराई जिम्मेवारी तोकी पाउँ भनि संयुक्त निवेदन दर्ता गराउँदासमेत नगरपालिकाले उनीहरुलाई कामकाजमा नखटाएको स्वास्थ्यकर्मी संघको भनाइ छ ।
विरेन्द्रनगर नगरपालिकाले ९ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र र २ वटा नगर स्वास्थ्य केन्द्रहरुमा अधिकांश पदहरुमा करार कर्मचारीहरुमार्फत कामकाज गरिरहेको छ ।