कमेडियन आदर्श मिश्राको बुबा विनोदको निधन

काठमाडौंँ – कमेडियन आदर्श मिश्राको बुबा विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । विनोदको निधन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको थियो । नारायणी अस्पतालले डायलासिस थोरै गराएको भन्दै आदर्शकले बुबाको अस्पताल परिवर्तन गरेका थिए । ४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो ।

बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *