बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु


बर्दिया – बर्दियामा घरबाहिर आँगनमा सुतिरहेका बेला जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्ती ले गाउँ पसेर आक्रमण गर्दा गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा बिहान उपचारका क्रममै ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *