जुम्ला – पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण फैलिएपछि परीक्षणको दायरा बढाउन कर्णाली प्रदेशमा डेढ लाख एन्टिजेन किट आउने भएको छ ।
सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा १ लाख एन्टिजेन पठाउने निर्णय गरेपछि कर्णालीमा पनि १ लाख ५० हजार किट कोरोना परिक्षणको लागि कर्णालीमा आउन लागेको हो ।
कर्णालीका १० जिल्लामा यो किट वितरण हुने जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलका अनुसार कर्णालीमा १ लाख ५० हजार किट पठाइन लागेको हो ।
१ मा १ लाख, प्रदेश २ मा २ लाख, बागमती प्रदेशमा १ लाख, काठमाडौंमा थप १ लाख, भक्तपुर र ललितपुरमा ५०(५० हजार, लुम्बिनी प्रदेशमा २ लाख, गण्डकी प्रदेशमा डेढ लाख र सुदूरपश्चिम प्रदेशमा २ लाख एन्टिजेन पठाइने उनले जानकारी दिए ।
एन्टिजेनको सदुपयोग र कन्ट्याक्ट ट्रेसिङलगायत आवश्यक पर्ने स्थानमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमै पुगेर एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए ।