ओलीले बोलाए स्थायी कमिटी बैठक

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

सोमबार अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने नेता सुवास नेम्वाङले सेतोपाटीलाई बताए।

यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको छ।

विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर जान लागेका छन्।

यही समसामयिक राजनीतिक घटनाक्रम र पार्टी भित्रका विवादबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन्।

 

#setopati