काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने र अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताउनुभएको छ।
उहाँले लख्नुभएको छ अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।
संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि शर्माले चेतावनी दिनुभएको छ। महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि । इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा । उहाँले लख्नुभएको छ
हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ, शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा शर्माको यस्तो प्रक्रिया आएको हो ।
`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´,
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021