काठमाडौं – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्र्नुभएको छ ।
एमालेका १२१ र जनता समाजवादी पार्टी जसपाका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नूभएको हो ।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभएको छ।
यस्तै यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । त्यस लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उहाँ शीतल निवास पुग्नुभएको थियो ।