काठमाडौं – सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ।
उनीहरुलाई राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रालयको जिम्मा दिएको हो।