देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका २७ एमाले सांसद र जसपाका १३ सांसदले हस्ताक्षर गरे

काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ जना सांसद र जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जना सासंदले हस्ताक्षर गरेका छन्।

शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा हस्ताक्षर संकलन गरेर उनीहरू शितल निवास गइसकेका छन्।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा नेपाल समूहका २७ जना सांसद अनुपस्थित थिए।