मार्सी बियर उत्पादक खड्काको निधन

तेजसु ग्रुपका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ । उनको आज बिहान १० बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । ५३ वर्षीय खड्काको ‘लङ्स फेलियर’ भएको टाइगर ब्रुअरीका महाप्रबन्धक आशिक अधिकारीले जानकारी दिए ।

‘उहाँले एक हप्ताअगाडि कोरोना जित्नुभएको थियो । डाक्टरहरूको भनाइअनुसार उहाँको फोक्सोले काम गरेनछ,’ उनले भने ।

खड्काकी श्रीमतीको पनि १५ वैशाखमा कोरोनाकै कारण मृत्यु भएको थियो । तेजसी ग्रुपका अध्यक्ष खड्का टाइगर ब्रुअरी, प्राइम टाइम्स टेलिभिजनलगायत विभिन्न व्यवसायमा आवद्ध थिए ।

 

#shilapatra