योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

भारतको उत्तर प्रदेशका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपले कोरोना संक्रमणपश्चात् ज्यान गुमाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटका राज्यमन्त्री कश्यपको मंगलबार मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि ५६ वर्षीय कश्यप गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचाररत थिए। तर, संक्रमणले गाल्दै लगेपछि मंगलबार उनको ज्यान गएको हो।

यसअघि नै उत्तर प्रदेशका दुई मन्त्री चेतन चौहान र कम रानी वरुणको कोरोनाले नै ज्यान लिइसकेको छ।

कश्यपको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।