बाँके – डुडुवा गाउँपालिका वडा न–३ का वडाअध्यक्ष भण्डारीलाल यादवले स्थानीयबासीको चाहना पुरा गरििदएकाे बताएका छन् ।
वडाअध्यक्ष यादवले स्थानीयको माग अनुसार वडाभित्र ६० वटा खानेपानीको (ट्युबवेल) धारा जडान गरेका हुन् ।
गाउँपालिकासंग पटक पटक (ट्युबवेल) धारा जडानका लागि स्थानीयले आग्रह गरेपनि सुनुवाई नहुँदा वडा अध्यक्ष भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा वडा बासिलाइ धारा ब्यबस्था गरेकाे बताए ।
वडा भित्रको कटैहिया, हल्कारापुर्वा, रमपुर्वा, बनकट्वा, हलबलडोली र मोल्बीपुर्वा गाउँका बिभिन्न व्यक्तिहरुको घर अगाडी संयुक्तरुपमा पानीको प्रयोग गर्नका लागि (ट्युबवेल) धारा लगाईएको वडाअध्यक्ष यादवले जानकारी दिए।
खानेपानी (ट्युबवेल) धारा जडानमा करिब तीन लाख खर्च भएको छ । चुनावका बेला स्थानीयको समस्यालाई समाधान गर्ने भनिएकाले आफ्नै खर्चमा खानेपानीको धारा लगाइएको अध्यक्ष भण्डारीले बताए ।
यद्दपि गाउँपालिकामा यस्तो कामका लागि योजना आउने गरेको भएपनि राजनीति पक्षपातका कारण ३ नम्बर वडाका जनताले दुःख पाउने गरेको स्थानीयको भनाई छ ।