सुर्खेत- कर्णाली प्रदेशमा बुधवार २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल अन्तर्गतको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा कर्णालीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको रासकोट नगरपालिकाका ६ जना दैलेख अस्पताल अन्तर्गतको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले दिएको जानकारी अनुसार बुधवार थपिएका २२ जनासहित प्रदेशका दश जिल्लामा संक्रमितको संख्या १७ सय ८३ पुगेको जनाए। बुधवार सम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या १ हजार ५ सय ४६ पुगेको छ भने ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
ताजा खबर