दैलेख – दैलेखको दुल्लु नगरपालिका–३ सियालामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
बा २० च ७१५ नम्बरको जिप जुम्लाबाट सुर्खेततर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको हो।
जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको हो। जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताउनुभएको छ।
दुर्घटनामा जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ।
जिपमा दुईजना मात्र भएको प्रहरी ले जनाएको छ