प्रधानमन्त्री ओली नयाँ मन्त्रीबारे आफू निकटसँग छलफल गर्दै

काडमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाउनुभएको छ।

ओली तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिने बेला क-कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको स्रोतले बताएको छ ।

बिहीबार प्रधानमन्त्रीमा ओली पुन नियुक्त हुनुभएको थियो ।आजै राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिदै हुनुहुन्छ ।

एमालेका एक स्थायी कमिटी सदस्य ले भनेका छन उहाँले एक्लै सपथ लिने कुरै हुँदैन। आज सानो आकारमा मात्रै मन्त्री बनाउनु हुन्छ होला,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ। केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला’