ओली प्रधानमन्त्री बन्ने निश्चित भएपछि महन्थ ठाकुर बालुवाटार पुगे

काठमाडौँ – विपक्षी दलहरुले बहुमत पुर्याउन नसकेपछि केपी शमाृ ओली नै प्रधानमन्त्री हुने पक्का भएको छ । गठबन्धनले बैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री बन्ने पक्का भएसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।

ठाकुरसँगै बरिष्ठ नेता राजेन्द्र महतो पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

कांग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका गरेको छ ।

 

nepalnews