अब बैंकले ५० हजार भन्दा कम रकम डिपोजिट नलिने, डिजिटल बैकिङको कारोबार गर्न आग्रह

काठमाडौँ – नेपाल बैंकर्स संघले निषेधाज्ञालाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकहरुमा डिजिटल बैकिङको प्रयोग गर्न आग्रह गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै बैंकहरुमा हुने भीडभाड कम गर्न यस्तो निर्णय गरिएको बताएको छ ।

कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकमा भीडभाड कम गर्न बैंकहरुले निशेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने रु ५० हजार भन्दा माथि मात्रै, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने संघले जनाएको छ ।

नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई ध्यान दिदै सम्पूर्ण ग्राहकमा डिजिटल बैकिङको प्रयोग गर्न संघले आग्रह गरेको हो ।

डिजिटल बैकिङको प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने व्यवस्था समेत गरेको छ ।

बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ ।

यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ ।

 

nepalwatch