सुर्खेत – अवरुद्ध भएको झन्डै १४ घण्टापछि छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ।
वर्षापछि आएको पहिरोले सल्यान र सुर्खेतको सिमानामा रहेका गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै सडक सडक अवरुद्ध भएको थियो।
सहायक बाटो खन्ने क्रममा पहिरो आएको थियो।
डोजर लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिनुभयो ।
पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यन्न बोकेका गाडी जाममा परेका थिए।