नेपालगञ्ज- नेपाल तरुणदल बाँके शाखाले बि पी कोईरालाको ३८ औ स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम गरेर मनाएकाे छ। नेपालगन्ज उपमहानगरपालिका १३ स्थित उदयपुर स्वास्थ्य चौकी हाता भित्र वृक्षारोपण गरिएको हो । यसैबीच बि.पी.कोईरालाको शालिकमा विहान नेपाली काँग्रेस बाँकेका पार्टी भापति करण कोईरालाले माल्यार्पण गरदै सम्झना गरेका थिए ।
तरुणदल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति करण कोईराला, पुर्व सभापति युवराज शर्मा,प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल र याकुव अन्सारी, पूर्व सांसद बादशाह कुर्मी,मैकुलाल बाल्मिकि, सभापति रमेश गुप्ता,माधबराम खत्रि,महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह सहितका नेताहरुले मनतब्य राखेका थिए ।