स्थानीय वायुका कारण सुर्खेतमा वर्षा

सुर्खेत – बुधबार विहानसम्म वर्षा भएको सुर्खेत अहिले फेरि वर्षा हुन शुरु गरेको छ । पश्चिमी वायुभन्दा स्थानीय वायु विकसितहुँदा कर्णाली प्रदेश राजधानी आसपासमा वर्षा हुन शुरु गरेको हो ।

स्थानीय वायु विभिन्न क्षेत्रमा एक्काशी विकसित हुने र ठाउँ विशेषमा वर्षा गराउने भएकोले त्यही प्रणालीले वीरेन्द्रनगर आसपासमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

‘मौसमको न्युन चापिय रेखा नेपालमा रहेकोले भोलीसम्म नेपालको मौसम बदलि भइरहन्छ,’ पराजुलीले भने, ‘सुर्खेतमा अहिले विकसीत भइरहेको प्रणाली स्थानीय वायु हो, दिनभर मौसम खुल्ने र वर्षा हुने क्रम भइरहन्छ ।’