राँझाबाट विप्लबका दुई कार्यकर्ता पक्राउ

नेपालगन्ज  – बाँकेमा विप्लवका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले बिप्लब समुहका दुई जना कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो ।

नेपालमा आतंककारी गतिविधि गरेको कारणले प्रतिबन्धित राजनीतिक दल नेकपा माओवादी बिप्लब समुहका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी गराएको छ । पक्राउ पर्नेहरुमा चित्र बहादुर बि.क. र उनका सहयोगी सुरेश राउत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुलाई चन्दा लिदै गर्दा बाँकेबाट पक्राउ गरिएको प्रहरीलाई उदृृत गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। थप अनुसन्धानका लागि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जानकारी गराएको छ । उनिहरुलाई बाँकेको राँझाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए।