भारतमा ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुनेको संख्या बढी, २४ घण्टामा ३.२९ संक्रमित भेटिए

काठमाडौं – भारतमा कोरोनाको दोस्रो लहरका बीच थोरै भएपनि राहतको खबर आएको छ । यहाँ सोमबार ३ लाख २९ हजार ३७९ नयाँ संक्रमितको पहिचान भएको छ तर ३.५५ लाख संक्रमित निको पनि भएका छन् । ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुने बिरामी बढी देखिएको हो । यसअघि ९ मार्चमा १७,८७३ कोरोना पोजेटिभ बिरामीको पहिचान भएको थियो र २०,६४३ जना निको भएका थिए ।

राहतको खबर यो पनि हो कि सोमबार भेटिएका नयाँ संक्रमितको संख्या पछिल्लो १५ दिनमा सबैभन्दा कम हो । यसअघि २६ अप्रिलमा ३।१९ लाख संक्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा ३,८७७ मानिसहरुले यो महामारीमा ज्यान गुमाए । यसका साथै सक्रिय संक्रमितमा ३०,४१२ जना कमी भएको छ ।

देशमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः ३.२९ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,८७७

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख

हालसम्म संक्रमित भइसकेकाः २.२९ करोड

हालसम्म निको भइसकेकाः १.९० करोड

हालसम्म कूल मृत्युः २.५० लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.१० लाख​

भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या २.५ लाख पार

भारतमा कोरोनाका कारण मृत्यु हुनेको आँकडा २.५ लाख पार भइसकेको छ । भारतमा कोरोनाका कारण १२ मार्च २०२० मा पहिलो मृत्यु दर्ता गरिएको थियो । त्यसपछि ५० हजारको आँकडा पार हुनमा १५६ दिन लागेको थियो । तर अन्तिम ५० हजार मानिसहरुको मृत्यु १३ दिनमा नै मृत्यु भएको छ ।