एकैदिन २ चिकित्सकसहित १७ स्वास्थ्यकर्मी र ७ जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं—बारामा जिल्लामा ७४ जनामा कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका ४६ जनामध्ये अधिकांश स्वास्थ्यकर्मी र जनप्रतिनिधी रहेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितकाअनुसार संक्रमित हुनेहरुमा १ चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी रहेका छन् । उनकाअनुसार ७ जना जनप्रतिनिधीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । ‘चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधीहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘१६ जना स्वास्थ्यकर्मी र ७ जना जनप्रतिनिधीमा पनि कोरोना पुष्टि भएको छ ।’ कोरोना संक्रमण बढेसँगै बारा जिल्ला प्रशासनले देवताल गाउँपालिकाका निषेधाज्ञा जारी गरेको छ । यस्तै, स्याङजाको गल्याङ नगर अस्पतालका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।healthaawaj.com