कैलाली – सुदूरपश्चिम प्रदेशमा थप ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ६२३ नमुनाको परीक्षण गर्दा ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पुष्टी हुनेमा धनगढीका मात्र १६० पुरुष, ८० महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । अन्य जिल्लाका ५० पुरुष ४५ महिलामा कोरोना पुष्टी भएको उनले बताए । उनका अनुसार २९५ जना भने नेगेटिभ छन् । त्यस्तै अस्पतालमा उपचार गराइरहेका थप ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लम्की ९ कैलालीका ४२ वर्षका पुरुष, भिमदत्त १८ कञ्चनपुरका ६० वर्षकी महिला, धनगढी ४ कैलालीका ३५ वर्षकी महिला, धनगढी १८ का ५० वर्षका पुरुष, गोदावरी २ कैलालीका ५८ वर्षका पुरुष, पुर्नवास ११ कञ्चनपुरका ७४ वर्षका पुरुष र पुर्नवास ६ कञ्चनपुरका ४२ वर्षका पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
ratopati