वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो भने

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतवार वक्तव्य जारी गर्दै पार्टीलाई क्षति पुर्‍याउने काममा नलाग्न आग्रह गरेका छन् । वक्तव्यमा उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामुहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको बताए । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला रु सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं रु तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु’, वक्तव्यमा भनिएको छ, ‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता–कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’

 

nepalnews