कोरोनाबाट बुटवलमा थप दुईको मृत्यु

बुटवल रतिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–५ का ४८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका– १४ की ५२ वर्षीया महिला छन् ।

वैशाख १२ गते अस्पताल भर्ना भएका पुरुषको शनिबार राति ११ बजेर ४० मिनेटमा र १५ गते भर्ना भएकी महिलाको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । उनका अनुसार मृतक दुवैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

ekantipur