म्यानचेस्टर सिटीमाथि चेल्सीको ‘सरप्राइज’ जित

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर सिटीविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेल चेल्सीले म्यानचेस्टर सिटीलाई २- १ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मार्कोस एलोन्जोले खेलको अन्तिम मिनेटमा गोल गर्दै सिटीमाथि सरप्राइज जित दिलाएका थिए । यस अघि चेल्सीका लागि हाकिम जिएचले ६३औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै सिटीका लागि खेलको ४४औ मिनेटमा रहीम स्टरलिङले शुरुवाती गोल गरेका थिए । यस खेलमा सिटीका सर्जियो अग्युरोले पगिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि सिटीले दोहोरो अग्रता लिने अवसर गुमाएको थियो ।

म्यानचेस्टर सिटी यस सिजनको प्रिमियर लिग उपाधि जित्न एक जित टाढा रहेको अवस्थामा चेल्सीसँग पराजित भएको हो । त्यस्तै चेल्सीले यो जितपछि आफुलाई च्याम्पियन्स लिगका लागि शिर्ष चार भित्र सुरक्षित गर्ने सम्बह्वाना बढाएको छ । चेल्सीको यो जितपछि ३५ खेलमा ६४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै सिटीको भने ३५ खेलमा ८० अंक रहेको छ र शिर्ष स्थानमा कायम छ ।

 

kharibot