काठमाडौँ – नेपालको सबैभन्दा पुरानो मित्र मुलुक बेलायतले नेपालमा कोभिड(१९ को महामारी बढेको भन्दै नेपाललाई आफ्नो मुलुकको ुरेड जोनु मा राखेको छ । यससँगै बेलायतले नेपालबाट हुने यात्रामा प्रतिबन्ध लगाउने छ ।
नयाँ भेरियन्ट फैलियसँगै अधिकांश मुलुकले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउँदै आएका छन् । बेलायतले पनि नेपाललाई त्यही सूचीमा राख्दै यात्रामा प्रतिबन्ध लगाउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ नियन्त्रण भित्र नै रहेको बताइरहँदा नै अन्तराष्ट्रिय समुदायले यस्ता निर्णय आएका हुन् ।
बेलायतका यातायात मन्त्री ग्रान्ट शेप्सले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली मुलुकमा पछिल्लो समय नेपाल र माल्दिभ्सलाई रेड जोनुमा राखेको जानकारी दिएका हुन् । उनले शनिबार नै एसिया र युरोपको ब्रिज भनेर चिनिने टर्कीलाई पनि रेड जोनमा राखेको जनाए ।
यो नियम आगामी नौ दिनपछि अर्थात तीन जेठबाट लागू हुने बेलायीत सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागू हुनेछ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकलाई सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नपर्ने समेत स्पष्ट पारिएको छ ।
यातायात मन्त्रालयले जारी गरेको ट्राभल नियममा ग्रिन जोनमा परेका मुलुकबाट फर्कदा क्वारेन्टिनमा बस्न नपर्ने प्रावधान राखिएको छ । मन्त्री शेप्सले यस्तो निर्णय लिनुको कारण खुलाउँदै भने,अब, फेरि लकडाउन फर्कन कोही पनि चाहँदैनौ त्यसैले यस्ता विषयमा हेलचेक्राई हुँदैन ।
ekaga