सुर्खेत – सुर्खेतमा ८ ग्राम १ सय ५० मिलिग्राम लाग्रूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन ।
सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्डको कोठाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ
बुधबार दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले दैलेख डुङ्गेश्वर गाउँपालिका–७ का २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगरपालिका– ४ का १९ वर्षीय धिरज खत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले बताउनुभएको छ
उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।