युवा सहभागिता विषयक भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्खेत  – मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले आयोजना गरेको युवा सहभागिता विषयक भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भयको छ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, केन्द्रीय सचिव पुष्पा मल्ल ,पुर्व सभापति र निवर्तमान सभापतिको उपस्थिति रहेको मानवअधिकार तथा शान्ति समाज सुर्खेतका सभापति प्रकाश साहि ले जानकारि दिनुभयो

कार्यक्रमका प्रमुख वक्ता गोविन्द खनालले युवा हरुलाई गुणस्तरीय शिक्षा , स्वास्थ्य , राम्रो रोजगारीको अवसर युवाहरुको अधिकार रहेको र राज्यले उक्त कुराको ग्यारेन्टी गर्नु पर्ने कुरा बताउनु भयको थियो ।

यस्तै परिवार र समाजले राम्रो सँस्कार दिनुपर्ने र युवा हरुलाई कुलत र लागू पदार्थ सेवन र हिंसात्मक गतिविधि बाट टाढा हुनु पर्ने कुरा पनि खनालले बताउनु भएको थियो

कार्यक्रम मा केन्द्रीय सचिव पुष्पा मल्लले भने युवाहरुलाई सहि मार्गदर्शन गर्न सके देशको विकास र भविस्य राम्रो हुन सक्ने बताउनृुभएको थियो ।

समाज रुपान्तरणको अभियानमा युबाहरुलाई मानवअधिकार तथा शान्ति समाज सँग जोडिन पनि उहाँले अनुरोध गर्नुभएको थियो ।