कोभिड-१९का कारण पूर्वमन्त्री चित्रकारको निधन

बुटवल – कोभिड-१९का कारण पूर्वमन्त्री प्रकाश चित्रकारको निधन भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारकाे सोमवार विहान निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका ७३ वर्षीय चित्रकारको मेडिकल कलेजको सघन उपचार कक्षामा उपचार भैरहेको थियो । उपचारकै क्रममा चित्रकारको निधन भएको मेडिकल कलजका प्रमुख प्रशासकीय अधिकृत तेज प्रसाद केसीले जनाकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको समयमा चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए । उनी पछिल्लो समय सामाजिक आन्दोलनमा सक्रिय थिए । पाल्पाको तानसेनमा जन्मिएका चित्रकार दलित आन्दोनका नेता समेत थिए । चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *