मेस्सी चम्किदा बार्सिलोनाको जित

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३(२ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५० औं मिनेटमा गाब्रियलको गोलबाट भ्यालेन्सियाले अग्रता बनाएको थियो ।

खेलको ५७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । त्यसअघि मेस्सी पेनाल्टीमा गोल गर्न सकेनन् । तर, त्यहिँ पेनाल्टी बल भ्यालेन्सियाका डिफेन्डरले क्लियर गर्न नसक्दा मेस्सीले गोल गरेका थिए ।

खेलको ६३ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए ।

खेलको ६९ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई ३(१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा घरेलु टोलीका कार्लोसले एक गोल फर्काएपनि बार्सिलोना ३(२ ले विजयी भयो ।Image

यस जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

भ्यालेन्सिया ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।