भोलि रातिदेखि आन्तरिक उडान बन्द हुने ,भारतसँगको हवाई सम्पर्क पनि विच्छेद

काठमाण्डाै –  भोलि रातिदेखि आन्तरिक उडान बन्द हुने  भएको छ ।

कृषि मन्त्री पद्मा अर्याल का अनुसार आजको मन्त्रिपरिषद्को बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको अर्यालले जानकारी दिनुभएको छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई भने बन्द नगरिने भएको छ।