दैलेखमा मंगलबार देखि एक सातासम्म निषेधाज्ञा

दैलेख – दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ।

वैशाख २१ गते मंगलबार राति १२ बने देखि वैशाख २८ गते मंगलबार सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

नागरिकले पनि स्वास्थ्य मापदण्डको पालना खासै नगरेकाले कोरोनाको महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।

आजसम्म दैलेखमा कोरोनाका सक्रिय सङ्क्रमित को संख्या १ सय ३३ र कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ