काठमाडौँ – सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकाल र उनकी श्रीमती इन्दिरा फूयाललाई आइतबार कोरोना संक्रमण देखिएको हो।
मन्त्री ढकालले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उक्त जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। यसका साथै उनले आफुसँग सम्पर्कमा आएका सम्पूर्णलाई सावधानी अपनाउन अनुरोध गरेका छन्। उनी र उनकी श्रीमती हाल होम आइसोलेशनमा रहेको बताइएको छ।