भलिबलका सम्पुर्ण गतिविधि बन्द गर्ने एनभीएको निर्णय

 नेपाल भलिबल संघ (एनभीए) ले सम्पूर्ण भलिबल गतिविधि केहि समयका लागि स्थगित गरेको छ ।भलिबल संघले शनिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्यनजर गर्दै केहि समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ ।

‘नेपाल भलिबल संघले नेपाल सरकारको नियमानुसार कोरोना माहामारीले देशका विभिन्न स्थानमा गरिएको लकडाउन र सम्पूर्ण स्वास्थस्थितिलाई मध्यनजर राख्दै हाल भलिबल खेल गतिविधि केहि समयको लागि स्थगित गरिएको जानकारी गराउदै आफु रहेको स्थानमा सुरक्षित रहन अनुरोध गर्दछ,’ संघले भनेको छ ।

संघको निर्णयसँगै देशभर राष्ट्रिय खेल भलिबलको गतिविधि हुने छैन । यस्तै तय भएको प्रतियोगिताहरु रोकिने छ ।

संघले गत महिना पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

यस्तै यसै महिना सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना भएको थियो ।

 

khelpati