भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित युवक को मृत्यु 

काठमाडौं– कोभिड–१९ संक्रमणबाट विरगञ्जस्थित नारायणी प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत ३६ वर्षीय एक युवकको मृत्यु भएको छ । ती युवक एक हप्ता अघि भारतको बैंङ्गलोरबाट आएर रौतहटको परोहा क्वारेन्टाइनमा बसेका थिए । २८ असारमा अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएका उनको कोरोनाको पिसिआर परिक्षण गर्दा बुधबार बिहान पोजेटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ र उनको स्वास्थ्य अवस्था गम्भीर भएसँगै उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकहरुका अनुसार अन्य रोग नभई कोरोनाकै कारण मृत्यु हुने यी पहिलो व्यक्ति भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयबहादुर सिंहको दाबी छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । healthaawaj.com